सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

श्याम घिमिरेलाई सांसद राईको प्रश्नः यौन व्यवसायमा आफ्नो परिवारबाट अघिसार्न आँट गर्नुहुन्छ ?

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

सोमबार ४ चैत २०८१

काठमाडौं / नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा राईले नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेलाई यौन व्यवसायमा आफ्नो परिवारबाटै अगाडि सार्न आँट गर्नुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् । हिजो (आइतबार)ं प्रतिनिधि सभाको बैठकमा नेता घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिई पर्यटन प्रवर्धन गर्न सकिने बताएका थिए । उनको उक्त भनाइप्रति आपत्ति जनाउँदै नेतृ राईले घिमिरेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरेकी छन् ।

‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस सम्मानित संसद्मा उठाउनु आपत्तिजनक विषय हो । यस्तो चिन्तनको घर विरोध गर्दछु । यस्ता विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु ।’ उनले भनिन्, ‘सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहन्छु– त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघिसार्न आँट गर्नुहुन्छ ?’ स्रोत रिपोर्टस नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x