मङ्लबार, चैत्र २५, २०८१
Tuesday, April 8, 2025

महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बङ्गलादेश बीच हुँदै

  • 177
  •  
  •  
  •  
  •  
  •  
  •  
    177
    Shares

मङ्गलबार १३ कार्तिक २०८१

काठमाडौँ / त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ ।  उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश बीच साँझ साढे ६ बजे आमने सामने हुँदै छन् ।

सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनि रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रुपमा ब्याख्या गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रष्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमिकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।

यसैगरी, बंगलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।

यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ । दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv