सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

इन्जिनियर एसोसिएसनका अध्यक्ष डा.थापाले दिए एमाले केन्द्रीय सदस्यको उम्मेदवारी

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

सोमबार २९ मंसिर २०८२
काठमाडौँ / प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले नेकपा एमाले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । पूर्वाधार विज्ञको रुपमा आफ्नो बेग्लै पहिचान बनाएका थापाले एमालेको ११ औँ महाधिवेसनमा खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन् ।

जेनजी आन्दोलनपछि एमालेमाथि प्रहार भएका बेला पूर्वाधार विज्ञ थापाको उम्मेदवारीले पार्टीलाई थप शसक्त बनाउने प्रतिनिधिहरुले बताएका छन् । स्वच्छ, पेशागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ।
जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्यातिप्राप्त विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनी सिंचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ।

डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन्। उनले सान तथा अनेरास्ववियुमा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन्। आउँदै गरेको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई ईमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए। ुराजनीतिमा अब इमानदारी, पारदर्शिता र विकास–प्रेरित सोचको टड्कारो खाँचो छ। इन्जिनियर, चिकित्सक, अर्थशास्त्री लगायत प्राविधिक क्षेत्रका युवाहरू पनि अब अगाडि बढेर सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्ने समय आएको छ,ु उनले भने।

पूर्वाधार अर्थशास्त्रीका रूपमा समेत परिचित डा.थापाले प्रमाणमा आधारित नीति निर्माण, संविधानले उल्लेख गरेको समतामूलक सामाजिक–आर्थिक विकास, मुलुकभित्रै रोजगारी सिर्जना तथा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्दै ुसमृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय लक्ष्यलाई साकार पर्ने आफ्नो प्राथमिकता रहेको बताए। उनले यस मार्गचित्रबाट देशको दीर्घकालीन विकासमा योगदान दिने समेत प्रतिबद्धता जनाएका छन्।

२०७७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट ुयुवा वैज्ञानिक पुरस्कारुले सम्मानित डा। थापा पेशागत क्षेत्रमा प्रतिस्पर्धी, हक्की, इमानदार तथा बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन्। उनको उम्मेदवारीले युवा इन्जिनियर, पेशागत समुदाय तथा पार्टीका सुधारवादी सदस्यहरूमा उत्साह जगाएको छ। धेरैले उनलाई नयाँ पुस्ताको सक्षम प्रतिनिधि तथा स्वच्छ नेतृत्वको प्रतीकका रूपमा पनि हेरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x