सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

बिहिबार २० मङ्सिर २०८१

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन्।

चीनको औपचारिक भ्रमणसम्पन्न गरि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताएका हुन्।

उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिटै भारत भ्रमणमा जाने समेत बताए। त्यस्तै उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहर्‍याए।

चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको उनले जानकारी दिए। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो।

प्रधानमन्त्री ओली स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv