शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु

  • 89
  •  
  •  
  •  
  •  
  •  
  •  
    89
    Shares

सोमबार १२ साउन २०८२

जनकपुर / मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमाको दायरामा ल्याइएको छ ।

बीमा कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिएका छन् । घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरी लगायत प्राकृतिक विपद्बाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराइनेछ । उक्त बीमामा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बीमा सुविधा रहेको छ ।

त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन ।यतिसम्म की भारतमा पनि दुर्घटनामा परेर मृत्यु हुन पुगेको खण्डमा नागरिक बीमा तहत मधेश प्रेदेश सरकारले तोकिएको बीमा कम्पिनीबाट १० लाख रुपैयाँ उपलब्ध गराइने मुख्यमन्त्री सिंहको भनाइ छ ।

त्यस्तै, सरकारले बीमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाइएको जनाएको छ । पीडितले बीमा दाबी गर्न साक्ष्यसहित निवेदन, प्रहरीको प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण पेश गर्नुपर्नेछ ।

यस्तो कार्यविधिले राहत प्रक्रिया सरल हुने विश्वास लिएको मुख्यमन्त्री सिंहको दाबी छ । घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम साउन १ गतेदेखि नै लागु भइसकेको छ ।स्रोत रातो कागज

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x