सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघमा किचलो

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

 

बुधबार १८ भदौ २०८२

काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) निकट युवा संघमा किचलो बढ्दै गएको छ । किचलोका बीच पार्टी अध्यक्ष माधब नेपाल पक्षका युवा संघका संयोजक रोशन थापाले आगामी भदौ २३ र २४ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्। युवा संघको ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको नाममा थापाले बैठक बोलाएका हुन्।

यता इतरपक्ष मानिने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकट सञ्जीव राईले भने सोही मितिमा कुनै बैठक नरहेको जानकारी दिएका छन्। उनले भनेका छन्,‘युवा संघ नेपालको ९औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक यहि भदौ २३ र २४ गते काठमाडौंमा छ भनी विभिन्न समाजिक सन्जालमा आइ रहेको छ।’ उनले भनेका छन्,‘सो दिन युवा संघ नेपालको कुनै बैठक र कार्यक्रम नभएको जानकारी गर्दछु।’

उनले युवा संघ मातहतका प्रदेश, जिल्ला र पालिका कमिटीहरु गठन वा पुनर्गठन गर्न सम्बन्धित सबैमा हार्दिक अपिल गरेको बताएका छन्। युवा संघमा थापाका विरुद्ध राईले कमिटी समानान्तर गठन गरेका छन्।
राईले समानान्तर नै भए पनि युवा संघलाई सक्रिय बनाइराखेका छन्। केहीदिनअघि विभिन्न माग राख्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई मागपत्र बुझाएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x