सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कांग्रेसले तीन दिनमा पाँच ठूला चुनावी सभा गर्दै, कहाँ र कहिले ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
बुधबार १३ फागुन २०८२

काठमाडौं /  नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो । कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो । ।

कांग्रेस स्रोतका अनुसार पार्टीले ५ स्थानमा गर्ने ठूला चुनावी सभा गर्ने तयारी रहेको छ । जसअनुसार फागुन १४ गते सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ । त्यस्तै फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ । कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी रहेपनि मिति भने अहिले तय भएको छैन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x