शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस् : प्रधानमन्त्री

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

सोमबार २९ बैशाख २०८२

काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको बताएका छन् ।

२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताएका हुन । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराएको छ, बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, ओलीको शुभेच्छा छ ।

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गर्नुभएको छ । ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, उनले लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x