सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा, यस्तो छ चारदिने भ्रमण तालिका

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

आइतबार १८ माघ २०८२

काठमाडौं /  राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबारदेखि माघ २१ गतेसम्म जापान भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।
माघ २० गते राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन्। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका तय भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिइन्। साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनेछन् भने जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने सम्मान समारोहमा पनि सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू पनि जापान भ्रमणमा सहभागी हुनेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x