आज देशभर बदली: धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना

शनिबार ७ चैत २०८२
काठमाडौ / हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ । जसका कारण आज देशभरको मौसममा उल्लेख्य परिवर्तन भई अधिकांश भू–भागमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेशअनुसार मौसमको अवस्था
महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहनेछ ।
- कोशी, मधेश, बागमती र गण्डकी प्रदेश: यी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश: केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको मौसम
राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
पहाडी र हिमाली क्षेत्रमा हुने वर्षा, असिना र हावाहुरीले जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE