शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

काठमाडौंका विभिन्न स्थानमा आज ४ घण्टा बिजुली अवरुद्ध

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शनिबार २१ चैत २०८२
काठमाडौं / नेपाल विद्युत् प्राधिकरण ले काठमाडौंका विभिन्न स्थानमा आज केही समयका लागि बिजुली अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।
बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरमा पर्ने क्षेत्रमा जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्न लागिएको हो।
यस क्रममा नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोटमार्ग क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निर्धारित समयभित्रै मर्मत कार्य सम्पन्न गरी सेवा पुनः सुचारु गर्ने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x