शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

ओलीले महिलाविरुद्ध राजनीतिक हिंसा गरेको एमाले नेतृहरूको आरोप

Spread the love

मंगलबार २३ मंसिर २०८२

काठमाडौ / नेकपा एमालेका नेतृहरुले पार्टी अध्यक्ष केपी ओलीले महिलाविरुद्ध राजनीतिक हिंसा गरेको आरोप लगाएका छन्। पार्टीको ११औँ महाधिवेशन तयारीका सन्दर्भमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य बिन्दा पाण्डेलगायतले यस्तो आरोप लगाएका हुन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता मागेको विषयमा बोल्दै ओलीले उनीमाथि प्रश्न उठाएर राजनीतिक हिंसा गरेको उपाध्यक्ष शाक्यले टिप्पणी गरिन्। केही दिनअघि एक मिडियासँगको अन्तवार्तामा ओलीले भण्डारीलाई लक्ष्य गर्दै दिएको अभिव्यक्तिबारे उनले भनिन्, ‘पूर्वराष्ट्रपतिलाई धामी झाँक्री भनेको के हो ? यसरी अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त पाइँदैन ।’

‘केपी ओली आमाको कोखबाट जन्मेको होइन ? उनको अभिव्यक्तिले सबै महिलाको अपमान गरेको छ। महिलाहरुलाई अपमान गर्ने नेतृत्व आवश्यक छैन,’ शाक्यले प्रश्न गरिन्।

यसैगरी स्थायी समिति सदस्य पाण्डेले भण्डारीको सदस्यताको निर्णयमा ओलीको पुरुषवादी चिन्तन हाबी भएको टिप्पणी गरिन्। पार्टीमा फर्कने वा नफर्कने भन्ने कुरा व्यक्तिको छनोटको विषय रहेको उनले बताइन्।

केही महिनााअघिको पार्टी बैठकमा ओलीले एकल महिलाहरुको समेत अपमान गरेको सुनाउँदै पाण्डेले आपत्ति जनाइन्। बैठकमा ओलीले ‘एकल महिलाहरु भनेको कुरा नै बुझ्दैनन्, आफ्नै कुरा जिद्दि गर्छन्’ भनी दिएको अभिव्यक्तिले एकल महिलाहरुको अपमान गरेको उनले बताइन्।

कार्यक्रममा केन्द्रीय सदस्यहरु रचना खड्का, सरिता न्यौपाने, शर्मिला कार्की र उषा किरण तिमल्सिनाले एमालेमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। नयाँ पत्रीकाबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x