एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना , १९ जना घाइते
इलाम / इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना भएका छन । दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
इलाम नगरपालिका ५, बिब्ल्टे बजार नजिक को २ च ४४७ नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ।
सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
WRITE COMMENTS FOR THIS ARTICLE