काठमाडौंमा रास्वपाको विजयी सुरुवात, काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना) र ८ मा विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंबाट विजयको सुरुवात गरेको छ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) मतगणना नसकिँदै विजयी भएकी छन्। उनले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिस्पर्धी प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस) ले ६ हजार ३६४ मत प्राप्त गरेका छन् भने रवीन्द्र मिश्र (राप्रपा) ले ३ हजार ९७२ मत पाएका छन्।
यस्तै काठमाडौं क्षेत्र नम्बर–८ बाट रास्वपाकै उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन्। केही मत गणना बाँकी भए पनि मतान्तरका आधारमा उनको जित सुनिश्चित भएको छ।
रञ्जु न्यौपाने पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् भने विराजभक्त श्रेष्ठ यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।
२०७९ सालको निर्वाचनमा श्रेष्ठले १० हजार ११२ मत ल्याएर जितेका थिए भने उनका प्रतिस्पर्धी सुमन सायमी ले ६ हजार १७९ मत प्राप्त गरेका थिए।
त्यसैगरी काठमाडौं–१ मा २०७९ को निर्वाचनमा प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका थिए। उनले रवीन्द्र मिश्रलाई पराजित गरेका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE