बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

बिहीबार २७ भदौ २०८१

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन ,फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल  र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv