शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै

Spread the love

बुधबार ४ असार २०८२

काठमाडौं / नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समितिको बैठक आज बिहान ८:३० बजे बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ।

तर, यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो।

पूर्वमन्त्री ढुण्डीराज शाष्त्रीको निधन भएपछि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक बोलाइएको बुझिएको छ। बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

शास्त्रीको पार्थिव शरीरलाई बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिनेछ। शास्त्री २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x