शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुशीला नेतृत्वको सरकारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई छोडनु भनेको जेनजी आन्दोलनको अपमान हो : प्रभु साह

  • 91
  •  
  •  
  •  
  •  
  •  
  •  
    91
    Shares

बुधबार १७ मंसिर २०८२

ललितपुर / आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनबाट भ्रष्ट, लुटेरा नेताहरू त्रसित भएको बताएका छन ।

ललितपुरको ईमाडोलमा आज (बुधबार) आजापाद्वारा आयोजित ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले जेनजी आन्दोलनबाट त्रसित भ्रष्ट, लुटेरा नेताहरुले जेनजी बिद्रोहलाई बदनाम गर्न लागेको बताए ।

`भदौ २३ गतेको जेननी आन्दोलन र २४ गते विध्वंस भयो रे । केही भ्रष्ट, लुटेरा नेताले यस्तै कुरा गरेर जेनजी आन्दोलनलाई बदनाम गर्न खोजेका छन,´ आजपा अध्यक्ष साहले भने, `केहिले जेनजी आन्दोलनकै बलमा सरकारमा छन् तर जेनजी आन्दोलनकारीलाई जेलमा हाल्दैछन । भ्रष्ट, लुटेरालाई पक्रिन सक्दैन । जेनजीका हत्यारा, भ्रष्टाचारीलाई सरकारले यथाशीघ्र पक्राउ गर्नुपर्छ ।´

सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई छोडनु भनेको जेनजी आन्दोलनको अपमान भएको टिप्पणी साहले गरे । सुशीला सरकारले जेनजीको माग सम्बोधन गर्न असफल भएको उनले बताए ।

तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने बताउदै उनले निर्वाचनबाट भाग्ने र निर्वाचन बिरोधि अभिव्यक्ति दिने नेता जनताका बीचमा जान डराएको बताए ।

आउने निर्वाचनमा भ्रष्ट, लुटेरा नेतालाई बहिस्कार गर्नुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने नेतालाई छानीछानी सजाय दिने समय आईरहेको उनले बताए ।

भेलालाई सम्बोधन गर्दै आजपा सहअध्यक्ष तिलक थापामगरले आम जनताको शासनका लागी राम्रा नेता छान्न सक्नुपर्ने बताए । भ्रष्ट र लुटेरा नेताले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएकाले त्यस्तालाई बहिष्कार गर्न उनले आह्वान गरे ।

भेलाबाट ईन्दल साहको अध्यक्षता ५१ सदस्यीय ललितपुर क्षेत्र नं. २ को क्षेत्री कमिटी गठन भएको आजपा सचिवालय सदस्य उपेन्द्र साहले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x