शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

धनुषा-१ को रोकिएको परिणाम घोषणाबारे निर्णय फागुन २९ गते हुने

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
सोमबार २५ फागुन २०८२

काठमाडौं / धनुषा-१ को रोकिएको मतपरिणामबारे निर्णय फागुन २९ गते हुन सक्नेछ । यहाँ निर्वाचन आयोगले उम्मेदवारी बदर गरेका रास्वपा उम्मेदवार किशोरी शाह कमलले सबैभन्दा धेरै मत ल्याएपछि निर्वाचन आयोगले परिणाम घोषणा तत्कालका लागि रोकेको छ । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी बदर गरेपछि उम्मेदवार कमल पनि सर्वोच्च अदालत गएका थिए ।

उनको उम्मेदवारी खारेजी विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा सर्वोच्च अदालतले २९ गते छलफलको मिति तोकेको हो । सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको पनि कुरा सुन्नुपर्ने बताउँदै छलफलका लागि बोलाएको हो । फागुन २९ गते छलफलमा आउँदा फागुन १८ गते उम्मेदवारी खारेज गर्ने निर्णयसहितको फाइल लिएर आउन आयोगलाई आदेश दिएको छ।

स्रोत डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x