आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

शनिबार २७ मंसिर २०८२

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ।

 

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा आक्रामक ब्याटिङ गरेका थिए।

डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई, अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए। त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाएका थिए। विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भएका थिए। हेमन्त धामी ७ रनमा अविजित रहे।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिएका थिए।

शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३/३ र तिलक भण्डारीले एक विकेट हात पारेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x