पहिचान, समानता र सुशासनको लडाइँ: जसपा र डा. बाबी सिंह यादव अग्रपंक्तिमा

काठमाडौं, फागुन १६ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा १० बुँदे चुनावी नारा सार्वजनिक गर्दै समृद्धि, समानता र पहिचानको आन्दोलनलाई निर्णायक चरणमा पुर्याउने घोषणा गरेको छ।
पार्टीले “अग्रगामी परिवर्तन र विकास, राष्ट्र निर्माणको एकमात्र निकास” भन्ने उद्घोषसहित पहिचानसहितको संघीयता, समानता र सहअस्तित्वलाई मूल एजेन्डा बनाएको जनाएको छ। भ्रष्टाचारमुक्त समाज निर्माण, राष्ट्रियताको सुदृढीकरण, निःशुल्क शिक्षा–स्वास्थ्यको सुनिश्चितता र वैज्ञानिक कृषि प्रणालीमार्फत आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
यस्तै, सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा जसपाबाट शिक्षित, कर्मठ र इमान्दार महिला उम्मेदवारका रूपमा डाक्टर बाबी सिंह यादव चुनावी मैदानमा हुनुहुन्छ। सामाजिक न्याय, समावेशी विकास र जनअधिकारको एजेन्डालाई सशक्त रूपमा उठाउँदै उहाँले क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जसपाले छाता चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै निःशुल्क शिक्षा र स्वास्थ्यलाई व्यवहारमै कार्यान्वयन गरी आम जनजीवनमा आधारभूत परिवर्तन ल्याउने दाबी गरेको छ। पार्टीका अनुसार सप्तरी–४ मा डा. यादवको उम्मेदवारी परिवर्तन, पारदर्शिता र सुशासनको प्रतीकका रूपमा अघि सारिएको छ।
निर्वाचनको माहोल तातेसँगै जसपाले आफ्ना एजेन्डा र उम्मेदवारमार्फत जनमत आफ्नो पक्षमा पार्ने रणनीति तीव्र बनाएको जनाएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE