शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

फरार कैदी  झापामा पक्राउ

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
शनिबार ३१ साउन २०८२  

काठमाडौँ / सुनसरी कारागारको पर्खाल नाघेर भागेका कैदी रुपक पौडेल शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।

जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका-२ का २८ वर्षीय पौडेललाई बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट पक्राउ परेकोको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए। उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले विराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, पाँच लाख जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो। उनी सजाय भोगिरहेकै अवस्थामा कारागारबाट फरार भएका हुन्।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले प्रनाउ खड्काले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x