सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आजपाले भक्तपुर क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाउने निर्णय

  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

 

काठमाडौं, ४ माघ
आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा साहलाई आजपाले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् । लामो समय देखी भक्तपुरको बालकोटमा बस्दै आएकी साहले स्थानीय स्तरमा एक चर्चित अनुहार हुन् ।

आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले विगत लामो समयदेखी महिला अधिकारको आन्दोलनमा सक्रिय रहेकी छन । पार्टीले आफूलाई भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै नेतृ साहले आफुलाई आम मतदाताले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेकी छन् ।

भक्तपुरको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएकी साहलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास पार्टीले गरेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

पार्टीले उनलाई उम्मेदवारको टुंगो लगाए पछि उनी अहिलेदेखी नै आम जनतासंग भेटघाटमा सक्रिय भएकी छन् । आजपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x