शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आज चैते दशैंको घटस्थापना

Spread the love

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैंअन्तर्गत नवरात्र सुरु भएको छ। यससँगै आज देशभर घटस्थापना गरी नवदुर्गा देवीको विधिपूर्वक पूजाआराधना आरम्भ गरिएको छ।
काठमाडौंस्थित हनुमानढोका दरबारमा विशेष पूजा गर्दै घटस्थापना गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ७ः५१ बजेको साइत घटस्थापनाका लागि उत्तम मानिएको थियो। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले दिएको जानकारीअनुसार आज उत्तर फर्केर घटस्थापना गर्नु शुभ मानिएको छ।
चैत्र नवरात्रको अवसरमा देशभर रहेका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। विशेषगरी दुर्गा भगवतीप्रति आस्था राख्ने भक्तजनहरूले व्रत, पूजा तथा उपासना गर्ने परम्परा रहेको छ।
शास्त्रीय मान्यताअनुसार वर्षमा चार नवरात्र पर्ने गर्दछन्—आसार, असोज, पुस र माघ शुक्ल पक्षमा। तीमध्ये आसार र पुस महिनामा पर्ने नवरात्रलाई ‘लुप्त नवरात्र’ पनि भनिन्छ।
चैते दशैंलाई शक्तिको उपासना र आध्यात्मिक साधनाको महत्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x