शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सप्तरी क्षेत्र -४ मा अनिता कुमारी चौधरीको उम्मेदवारी

  • 197
  •  
  •  
  •  
  •  
  •  
  •  
    197
    Shares

 

शनिबार १० माघ २०८२
सप्तरी / सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि अनिता कुमारी चौधरीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छ्न ।

देशमा बढ्दो बैंकिङ लुट, वित्तीय ठगी र आर्थिक शोषणविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध कठोर संघर्ष गर्दै सप्तरी क्षेत्र-४ लाई विकासको मोडेल बनाउने स्पष्ट संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको उनी बताउछिन ।
चौधरीले विगतका नेताहरूको लुट, भ्रष्टाचार र स्वार्थी राजनीतिक अभ्यासका कारण सप्तरी जिल्लाको मान, सम्मान र ऐतिहासिक पहिचान कमजोर बन्दै गएको आरोप लगाएकी छन ।
अब यस अवस्थाको अन्त्य गर्दै सुशासन कायम गर्ने, भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने र सप्तरी क्षेत्र-४ लाई विकासको नमुना बनाउने उद्देश्य बोकेर आम जनता पार्टीको चुनाव चिन्ह मोबाइल छाप लिएर आफ्नो उम्मेदवारी रहेको बताउछिन ।

चौधरीले किसानहरू अपमानित जीवन बाँच्न बाध्य भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले किसानलाई सम्मान, सामाजिक सुरक्षा र पेन्सनको व्यवस्था गरिने प्रतिबद्धता जनाईन।

अब स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई सम्मानजनक जीवन जिउने वातावरण बनाइने उन्को दाबीको साथै महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सप्तरी जिल्लालाई राष्ट्रिय स्तरमै उदाहरणीय बनाउने लक्ष्य रहेको बताएकी छन ।
लुट, भ्रष्टाचार र कर आतंकका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको टिप्पणी गर्दै उनि भन्सारको नाममा भइरहेको लुट अन्त्य गरिने र भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।
अन्त्यमा उहाँले दलाल प्रवृत्तिको राजनीतिबाट देशलाई मुक्त गर्दै आम जनताको शासन स्थापित गर्न वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरेकी छन। जनताको हक, अधिकार र स्वाभिमानको संरक्षणका लागि आफू प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार मनोनयन दर्ता गरेको बताउछिन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x