शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

नागरिक क्रिएसनको छैटौं वार्षिकोत्सव सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शुक्रबार ४ बैशाख २०८३
काठमाडौं / नागरिक क्रिएसन प्रा.लि.द्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल nagarikboard.com ले आफ्नो छैटौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहबीच संस्थाले ‘छैटौं नागरिक क्रिएसन अवार्ड तथा स्रष्टा सम्मान’ कार्यक्रम समेत आयोजना गरेको हो।
वरिष्ठ संस्कृतिविद् प्रा. डा. जगमान गुरुङ को प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष याम बहादुर जीसी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा नयाँ वर्ष २०८३ को वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो।
आन्तरिक पर्यटनमा सञ्चार र नागरिक समाजको भूमिका
कार्यक्रममा “आन्तरिक पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मी तथा नागरिक समाजको भूमिका” विषयमा विचार गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिएको थियो।
प्रमुख अतिथि गुरुङले मुलुकको आर्थिक समृद्धिका लागि आन्तरिक पर्यटन अपरिहार्य रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक राज जोशी ले पर्यटन विकासका लागि सञ्चार माध्यम र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘मानार्थ सदस्यता’ तथा सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा:
भवानी राणा (पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ)
सोहन चौधरी (वरिष्ठ समाजसेवी तथा उद्यमी)
श्याम प्रसाद ढकाल (आलु बाली विशेषज्ञ तथा समाजसेवी)
प्रदिप बस्नेत (शिक्षा तथा समाजसेवी)
डा. शिवहरि श्रेष्ठ (वरिष्ठ अर्थविद्)
यसैगरी, संस्थागततर्फ मुक्तिनाथ विकास बैंक लाई ‘सर्वोत्कृष्ट विकास बैंक’ र ग्लोबल आइएमई बैंक लाई ‘सर्वोत्कृष्ट वाणिज्य बैंक’ का रूपमा सम्मान गरिएको थियो।
सांगीतिक प्रस्तुतिसहित उत्सव
औपचारिक कार्यक्रमसँगै विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. सुन्दर थापा, रामहरि सिलवाल, सविन श्रेष्ठ लगायत सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन पना अधिकारी ले गर्नुभएको थियो।
नागरिक क्रिएसनले विगत ६ वर्षदेखि सञ्चार र सामाजिक अभियानमार्फत सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउँदै आएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x