कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने

शुक्रबार २१ मंसिर २०८१
काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिरको २४ गते सोमबार बस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE