शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए : महामन्त्री शर्मा

मङ्गलबार ११ असार २०८१

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर हिँडेको आरोप लगाएका छन ।

उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आफ्नो गणीतिय रक्षा गर्ने चिन्ता रहेको बताए

 

उनले भने, ‘प्रधानमन्त्रीको चिन्ता कसरी गणितलाई रक्षा गर्ने भन्ने कुरमा मात्र छ । प्रधानमन्त्रीको पद शान्दरभक हो तर शान्दार मात्र होईन्, दमदार पनि पद हो भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ । आज प्रधानमन्त्रीको दुख हेर्छु म, प्रधानमन्त्री उपप्रधानमन्त्रीले गरेको कुराको खण्डन गरेर बस्नु परेको छ । उपप्रधानमन्त्रीलाई तपाईले बोलेको अभिव्यक्ति फिर्ता लिनु नभए तपाईलाई आज साझ बर्खास्त गर्छु भन्ने शक्ति आज देशको प्रधानमन्त्रीले राख्नु हुन्न ।’

सरकारमा रहेका सबै दलहरुले आफ्नो दलको सभापतिलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको भन्दै शर्माले यस्ता पार्टीले देश बनाउन नसक्ने बताए ।

उनले भने, ‘हामीले जसरी आशावादी भएर हेर्न सक्ने सम्भावनाहरु छन् । त्यो सँगै सरकारको गतिविधि त्यो प्रकृतीको देखिदैँन् । त्यसमा हाम्रो दबाबको काम गर्दै जानुपर्छ । सरकार भनेको सिंगो अस्तित्व हो तर आज त्यो सिंगो अस्तित्व नभएर अंश अंशमा देखा परेको छ । सबैलाई खण्ड खण्डको चिन्ता छ । एउटा दललाई चिन्ता छ कसरी आफ्नो अध्यक्षलाई सहकारी ठगिबाट जोगाउन सकिन्छ, एउटा दलको चिन्ता जम्मा त्यती मात्र छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गासिएको गिरिबन्धुको ठगिबाट जोगाउन सकिन्छ, यस्तो खालको अवस्था छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x