शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै देशभर आन्दोलनको घोषणा

Spread the love

काठमाडौं, फागुन ७ । दुर्गा प्रसाईंको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई पक्राउ गरिएको विरोधमा उहाँको सचिवालयले नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
प्रसाईंको सचिवालयले कुनै ठोस आधारबिना पक्राउ गरिएको आरोप लगाउँदै सरकारमाथि नागरिकको वाक् स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले हाम्रो अभियान तथा प्रसाईंले उठाउँदै आउनुभएका जनताका जायज मागहरू सम्बोधन गर्नुको सट्टा राज्यशक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ।”
ससम्मान रिहाइका लागि पटक–पटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारबाट सुनुवाइ नभएको भन्दै आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य भएको सचिवालयको दाबी छ।
जारी विज्ञप्तिअनुसार फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरिएको छ। बन्दका क्रममा उद्योग, कलकारखाना, विद्यालय तथा अन्य शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गर्न आह्वान गरिएको छ। साथै, देशका विभिन्न स्थानमा विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x