बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

चारवटा संसदीय समितिको बैठक आज बस्दै

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

शुक्रबार ५ पुस २०८१

काठमाडौं / संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल,गर्ने कार्यसूची छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकपनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ । समय भने तोकिएको छैन् । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूचि छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x