शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रास्वपा सांसद असिम साहले भने्  मानवतस्करीको फाइल कहाँ पुग्यो?

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

सोमबार १९ साउन २०८२

काठमाडाैं / भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन्।

आज बैठक सुरु हुनेबितिकै स्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिएका थिए । सांसद साहले भिजिट भिसाको नाममा भइरहेको मानवतस्करीको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।

उनले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने बताए। उनले सरकारका मन्त्रीहरु बिभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।

त्यस्तै राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाका बिषयमा भएको कमीकमजोरीलाई उजागर गर्दा राप्रपा र रास्वपालाई व्यवस्था र संविधान विरोधी भनेर प्रधानमन्त्रीले भन्नु खेदजनक रहेको बताए। उनले भिजिट भिसा प्रकरणमा न्यायीक छानविन नभएसम्म विरोध कायमै रहने जनाए। त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x