शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

लुम्बिनी प्रदेशमा श्रमाधान रोजगार मेला

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

sharethis sharing button

बुटवल  लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बिहीबारसम्म चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएका हुन् । यस्तैमध्येका एक हुनुहुन्छ बुटवल मणिग्रामका यज्ञराज अर्याल । हुन त उहाँ वैदेशिक रोजगारीको सिलसिलामा विगत डेढ दशकदेखि कतारमा काम गर्दै आउनुभएको छ ।

क्रेनचालकका रूपमा कतारमा काम गरेर मासिक एक लाख ९० हजार रुपियाँ कमाउँदै आउनुभएको छ तर अब सकेसम्म स्वदेशमै परिवारसँग बस्ने इच्छा छ । अर्याल भन्नुहुन्छ, “मैले विदेशमा जस्तो कमाइ नेपालमा खोजेको छैन, परिवारको साथैमा बसेर मासिक ३०/४० हजार कमाइ हुने जागिर पाइयो भने अब विदेश जान्नँ, जागिर पाइन्छ कि भनेर रोजगार मेलामा आएको हुँ ।” अर्याल जस्तै मेला अवलोकन गर्न आउनुभएका अर्का युवा विनोद राना पनि २०/२२ हजारको जागिर पाए गर्ने आसले आउनुभयो ।

उहाँ भन्नुहुन्छ, “व्यवस्थापन विषय लिएर स्नातक तेस्रो वर्षमा अध्ययनरत छु, कम्प्युटरको डेटा म्यानेजमेन्टसम्बन्धी केही तालिम पनि लिएको छु । धेरै ठाउँमा फाराम भरेको छु त्यसैले मेलापछि कहीँ न कहीँ जागिर पाइने आस गरेको छु ।” यस्तै विनय श्रेष्ठ निजी क्षेत्रमा काम गरिरहेका व्यक्ति हुनुहुन्छ । उहाँले हाल गरिरहेको कामभन्दा राम्रो काम पाइन्छ कि भनेर मेला अवलोकनका लागि आएको बताउनुभयो । “धेरै ठाउँमा फाराम भरेको छु । हेरौँ, अहिलेभन्दा राम्रो काम पाइन्छ कि भन्ने धेरै आस गरेको छु,” श्रेष्ठले भन्नुभयो ।

त्यसै गरी कल्पना अधिकारी व्यवस्थापन विषय लिएर स्नातकोत्तर गरिसक्नुभएको छ तर काम खोज्न जाँदा अनुभव मात्रै माग्छन् । “काम खोज्न जाँदा अनुभव चाहिन्छ, काम नपाइकन कसरी केको अनुभव दिनु ?” उहाँले प्रतिप्रश्न गर्नुभयो । रोजगार मेलामा अनुभवबिना सानोतिनो जागिर पाइन्छ कि भन्ने आशा उहाँको छ । लुम्बिनी प्रदेशमा अर्याल, राना, श्रेष्ठ, कल्पनाजस्ता तीन हजारभन्दा बढी युवाले रोजगारीको आसमा रोजगार मेलामा आवेदन दिएका छन् । लुम्बिनी प्रदेशमा भएको मेलामा आवेदन दिएकामध्ये एक हजार लगभग रोजगारी दिने आश्वासन प्राप्त भएको लुम्बिनी प्रदेश मेलाका संयोजक एजाज आलमले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएकामा आठ हजार बढीले अवलोकन गरेका छन् ।

मेलामा विशेष गरी रोजगारी सिर्जना, सिपमूलक तालिमको जानकारी, आवश्यक जनशक्तिको पहिचान युवा सशक्तीकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पु¥याउने खालका कार्यक्रम गरिएको थियो ।

प्रदेश संयोजक आलमले यो मेला रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा जोड्ने माध्यमका रूपमा लिएको बताउनुभयो । यो सरकारको सुरुवात कार्यक्रम भएकाले यसलाई जिल्ला तहसम्म विस्तार गर्न सकियो भने अझै प्रभावकारी हुने उहाँको भनाइ छ ।

यसलाई सकारात्मक रूपमा लिएका छौँ । दुई दिनसम्म चलेको रोजगार मेलामा करिब आठ हजारभन्दा बढीले मेलाको अवलोकन गरेका छन् । आउँदा वर्षमा यस प्रकारका कार्यक्रम गर्दा संरचनागत सुधार गरेर परिणाम आउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने गरी गरिएको हो । मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन र यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज भएको आयोजकले बताएका छन् ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सिप, क्षमताका आधारमा विवरण सङ्कलन गरिएको छ । सो मेलामा ४१ वटा स्टल राखिएको थियो । गोरखापत्र बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x