मनास्लु वर्ल्ड कलेज देशभरकै उत्कृष्ट १७औँ माविमा सूचीकृत

अन्टिना घनश्याम
काठमाडौं / चाबहिल–चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेज देशभरका ४ हजार ९२४ माध्यमिक विद्यालयमध्ये उत्कृष्ट १७औँ स्थानमा सूचीकृत भएको छ।
एजुकेशन समाचारले सार्वजनिक गरेको नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीअनुसार मनास्लुले यस वर्ष उल्लेखनीय प्रगति गर्दै टप १७ भित्र स्थान बनाउन सफल भएको हो। गत वर्ष टप २० भित्र परेको कलेजले यस वर्ष अझ सुधार गर्दै आफ्नो स्थान उकासेको जनाएको छ।
‘अ होम फर फ्युचर लिडर्स’ भन्ने नारासहित सञ्चालन भइरहेको कलेजले घोकन्ते शिक्षाभन्दा व्यवहारिक सिकाइ, सिर्जनात्मकता र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ। वि.सं. २०५३ मा प्राक्सिस इन्टरनेशनल स्कुलका रूपमा स्थापना भएको संस्था २०७० सालदेखि मनास्लु वर्ल्ड स्कुल तथा कलेजका रूपमा सञ्चालन हुँदै आएको छ।
हाल विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा अध्यापन गराइरहेको कलेजले विद्यार्थीको क्षमता, रुचि र आवश्यकता अनुसार विशेष निगरानी तथा अतिरिक्त शैक्षिक सहयोग प्रदान गर्दै आएको कलेजका अध्यक्ष गेन्द्र लामा ले बताए।
आईएसओ सर्टिफाइड रहेको कलेजमा आधुनिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, अनुशासित शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलाप र नेतृत्व विकास कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। यहाँ अध्ययनरत विद्यार्थीहरूले बोर्ड परीक्षासँगै एमबीबीएस, इन्जिनियरिङ लगायत विभिन्न प्रवेश परीक्षामा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।
एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डको पछिल्ला तीन वर्षका कक्षा १२ को नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा जनधारणालाई आधार मानेर उत्कृष्ट विद्यालयहरूको सूची सार्वजनिक गरेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE