१५ दिनमै तलब: सरकारी कर्मचारीका लागि नयाँ व्यवस्था लागू

सोमबार ७ बैशाख २०८३
काठमाडौं / अब सरकारी कर्मचारीहरूले महिनाको अन्त्य कुर्नु नपरी १५–१५ दिनमै तलब तथा भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्न परिपत्र जारी गरेको हो।
वैशाख ४ गते गरिएको निर्णयअनुसार अबसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबलाई दुई चरणमा विभाजन गरी प्रत्येक १५ दिनमा उपलब्ध गराइनेछ। यस निर्णयलाई कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ।
सरकारको यो कदमले कर्मचारीहरूको आर्थिक व्यवस्थापन सहज बनाउने विश्वास गरिएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE