शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

देशभर डेङ्गु रोग तीव्र गतिमा फैलिदै 

  • 744
  •  
  •  
  •  
  •  
  •  
  •  
    744
    Shares

काठमाडौ /  देशभर तीव्र गतिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा १,९०० भन्दा बढी व्यक्तिमा डेङ्गु संक्रमण पुष्टि भएको छ।

प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४६४ जना संक्रमित भेटिएका छन्। त्यसपछि बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा संक्रमण देखिएको छ।

चिकित्सकहरूका अनुसार डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हो। त्यसका लागि पानी जम्न नदिनु, झ्याल ढोकामा जाली लगाउनु, झुल प्रयोग गर्नु र पूरै शरीर ढाकिने लुगा लगाउनु सल्लाह दिइएको छ।

संक्रमण भएपछि अचानक उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, ढाड, जोर्नी र मांसपेशी दुख्ने, र शरीरमा रातो बिमिरा देखिने लक्षण देखिन्छन्। गम्भीर अवस्थामा वाकवाकी, बान्ता, पेट दुख्ने, रक्तस्राव हुने र शरीरमा रगत जम्नेजस्ता लक्षणहरू देखिन सक्छन्।

स्वास्थ्य अधिकारीहरूले डेङ्गु नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

न्युज अफ नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x