सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा, गगन थापा सबै सभामा सहभागी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, फागुन १६ – नेपाली कांग्रेसले आज मधेस प्रदेशका चार llll चुनावी सभा आयोजना गर्दैछ। पार्टीले सर्लाही, बारा, पर्सा र रौतहटमा छुट्टाछुट्टै चुनावी कार्यक्रम तय गरेको हो।
ती सबै सभालाई पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ। उपसभापति विश्वप्रकास शर्मालगायत केन्द्रीय नेताहरू पनि सभामा सहभागी हुने जनाइएको छ।
निर्धारित कार्यक्रमअनुसार सभापति थापा सर्लाहीको लालबन्दीबाट अभियान सुरु गर्दै रौतहट, बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्। मधेसमा मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकतामा राख्दै कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ।
यसअघि हिजो थापा र शर्मा नेतृत्वको टोलीले बुटवल, बाग्लुङ र पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गरेको थियो। त्यस्तै, गत बिहीबार सुर्खेत र बाँकेमा पनि चुनावी कार्यक्रम सम्पन्न भएको थियो।
कांग्रेसले भोलि आइतबार काठमाडौं उपत्यका लक्षित विशेष कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x