शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

सप्तरी–४ मा परिवर्तनको आँधी : नेपाली जनता दलका रामबाबु रजकललाई अत्यधिक मतले जिताउने जनलहर

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शनिबार १७ माघ २०८२
सप्तरी । उत्पीडन, विभेद र असमानताविरुद्ध निर्णायक लडाइँका लागि नेपाली जनता दलको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट रामबाबु रजकलले चुनावी मैदानमा उत्रेका छन ।

जनतावाद र मानवतावादको स्पष्ट राजनीतिक मार्गचित्रसहित मैदानमा उत्रिएको दलले पुराना, असफल र जनविरोधी शक्तिहरूलाई परास्त गर्ने घोषणा गरेको छ।
दलको चुनाव चिन्ह “ह्विसल (सीटी)” अब अन्याय, भ्रष्टाचार र सत्ता दलालहरूविरुद्धको चेतावनी बनेको छ। सामाजिक–लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समानता र समृद्ध समाजवादका मुद्दा बोकेको नेपाली जनता दलले यो निर्वाचनलाई जनताको निर्णायक जनमत संग्रहका रूपमा लिएको छ।
उम्मेदवार रामबाबु रजकलले सप्तरी–४ लाई उपेक्षा र शोषणबाट मुक्त गराई विकास, पहिचान र अधिकारको नयाँ युग सुरु गर्ने अठोट व्यक्त गरेका छन्। जनताको दुःख–सुख बुझ्ने, संघर्षबाट खारिएको नेतृत्वका रूपमा रजकलप्रति स्थानीय जनसमर्थन दिनानुदिन बढ्दै गएको छ।
नेपाली जनता दलले सम्पूर्ण सचेत मतदातालाई सीटी चिन्हमा मत हालेर उत्पीडनकारी राजनीति समाप्त गर्न र अत्यधिक मतसहित रामबाबु रजकललाई विजयी गराउन आह्वान गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x