शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रवीन्द्र मिश्र र धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

बुधबार २० चैत २०८१

काठमाडौं / राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका  मिश्र र धवलसहित ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएकोमा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरूलाई आज दोस्रो पटक म्याद थप गरिएको हो।

राजाबादी आन्दोदनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पक्राउ परेका राप्रपा  मिश्र र राणासहित ४१ जना पक्राउ गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x