घट्यो सुनको मुल्य, तोलाको कति ?


आइतबार २० साउन २०८१
काठमाडौ / साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आइतबारको दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ३४५ रुपैयाँ तोकेको छ । त्यसतै आइतबार चादिंको मूल्य १ हजार ७८५ रुपैयाँ तोकेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE