आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको अवस्था क्रिटिकल, भेन्टिलेटरमा उपचार

Spread the love

२६ असार २०८३

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था क्रिटिकल बनेको छ ।

वीर अस्पताल प्रशासनले शुक्रबार बिहान दिएको मेडिकल अपडेट अनुसार उनको अवस्था स्थिर हुन सकेको छैन ।

वीर अस्पतालको मेडिकल अपडेट
अस्पताल स्रोतका अनुसार अत्यधिक जलनका कारण नेपालीका आन्तरिक अङ्गहरूमा समेत गम्भीर असर पुगेको छ:

– भेन्टिलेटरमा उपचार: श्वासप्रश्वासमा अत्यधिक समस्या आएपछि उनलाई वीर अस्पतालको अत्याधुनिक बर्न सेन्टरको मेकानिकल भेन्टिलेटरमा राखिएको छ ।
– ५५ प्रतिशत जलन: उनको शरीरको करिब ५ प्रतिशत भाग गम्भीर रूपमा जलेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
– अस्पतालको भनाइ: “अहिले नै हामीले केही भन्न सक्ने अवस्था छैन। कुनै पनि समयमा उहाँको अवस्था अझै बिग्रन सक्छ,” उपचारमा संलग्न चिकित्सक टोलीले भनेको छ । उनको हेरचाहका लागि २४सै घण्टा विशेषज्ञ डाक्टरहरूको टोली खटिएको छ ।

भारतको नयाँ दिल्ली लैजाने तयारी स्थगित
नेपालीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि परिवार र सरोकारवालाहरूले उनलाई थप आधुनिक उपचारका लागि भारतको नयाँ दिल्लीस्थित बर्न अस्पताल लैजाने आन्तरिक तयारी गरेका थिए ।

तर वीर अस्पतालका चिकित्सकहरूले बिरामीको ‘भाइटल साइन’ स्थिर नभएको र यस्तो नाजुक अवस्थामा एयर एम्बुलेन्समार्फत यात्रा गराउँदा झन् ठूलो जोखिम हुने सल्लाह दिएपछि तत्कालका लागि दिल्ली लैजाने योजना रोकिएको छ ।

घटनाको पृष्ठभूमि
भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो १:४५ बजे काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ‘नो पार्किङ’ को बहानामा उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवाद र आक्रोशका बीच आफ्नै बाइकको पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए ।

घटना राहदानी विभागको ३ नम्बर गेट अगाडि भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x