बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares
आइतबार, १६ वैशाख २०८१,

काठमाडौँ / उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको छ ।  सर्वदलीय बैठक लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

सर्वदलीय बैठकका लागि सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालालाई बोलाइएको छ ।  इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x