शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सुरुङ्गा नगरपालिकाको बेरुजु न्यून, मधेश प्रदेशमै पहिलो

Spread the love

आइतबार ३ जेठ २०८३
सप्तरी । सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीले आर्थिक पारदर्शिता र सुशासनमा नगरपालिका सफल भएको बताएकी छन्।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदनअनुसार मधेश प्रदेशका नगरपालिकामध्ये सबैभन्दा कम बेरुजु आउने स्थानीय तहका रूपमा सुरुङ्गा नगरपालिका पहिलो स्थानमा परेको छ। नगरपालिकाले ०.४६ प्रतिशत मात्रै बेरुजु कायम गर्दै प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको नगर प्रमुख चौधरीको भनाइ छ।
नगर प्रमुख चौधरीले यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि तथा नगरवासीको साझा मेहनत र जिम्मेवार कार्यशैलीको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि पारदर्शिता, उत्तरदायित्व र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x