शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्डद्वारा गायक रत्नदिप चौधरी सम्मानित

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

सोमबार ८ मंसिर २०८२

काठमाडौँ / दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित भएका छन् । उनले प्रस्तुत गरेको “हे गे नथिया वाली” शीर्षकको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा परेको थियो ।

शनिबार भएको चलचित्र म्यूजिक अवार्ड २०२५ मा गायक चौधरीको गीतमा रहेको भावनात्मक अभिव्यक्ति, मधुर आवाज र थारु सांगीतिक शैलीलाई आधुनिक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्णायक मण्डलले विशेष प्रशंसा गरेको थियो ।  अवार्ड समारोहमा कलाकार, संगीतकर्मी तथा दर्शकबाट पनि गीतले उल्लेखनीय प्रशंसा बटुलेको थियो ।
सम्मान ग्रहण गर्दै चौधरीले स्टेजमा नै गित गाउदै दर्शकहरुको मन जित्न सफल भएको  थारु भाषा–साहित्य र संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन गरेको आफ्नो प्रयासलाई अवार्डले थप ऊर्जा प्रदान गरेको बताइन् ।
ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ले यस वर्ष पनि नेपाली तथा विभिन्न क्षेत्रीय भाषाका सर्जक तथा गायक–गायिकाको योगदानलाई सम्मानित गर्दै संगीत क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x