शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

आइतबार १४ मंसिर २०८२

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।

चुनाव र सत्तामा गएर मात्र परिवर्तन हुँदैन भन्ने सन्देश दिँदै उज्ज्वल थापा (हाल स्व.)ले विवेकशील अभियान सुरु गरेका थिए। पहिलो संविधानसभा विघटनपछि ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ अभियान हुँदै सुरु भएको विवेकशील नेपाली अन्ततः १३ वर्षपछि रास्वपामा विलय हुने भएको हो।

समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको थियो।
पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अध्यक्ष युजन राजभण्डारीलगायत नेताहरू भने एकीकरणमा सामेल छैनन्।

उपाध्यक्ष तथा पूर्वसंयोजक पाण्डेले रास्वपासँग एकता गर्ने निर्णयलाई सकारात्मक रूपमै लिनुपर्ने बताउँदै वैकल्पिक शक्तिहरू एकताबद्ध भएर विस्तार गर्नुलाई अन्यथा लिन नमिल्ने बताउँछन्। तर, पाण्डेले आफू एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्।

२०७९ सालको निर्वाचनअघि रवि लामिछाने नेतृत्वको रास्वपा स्थापना भएको थियो। चुनावअघि मात्रै स्थापनाको भएको रास्वपाले चुनावमा अप्रत्यासित मत ल्याएर चौथो ठूलो दल बनेको थियो।

स्थापनको छोटो समयमै रास्वपाले पनि धेरै उतारचढावको सामना गरेको छ। छोटो समयमा राम्रो मत ल्याएर पूरा दलहरूलाई धक्का दिएको रास्वपा अहिले आफैँ पनि दलदलमा फस्न थालेको छ।

स्वयं सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र मन्त्री पदसमेत गुमेपछि पुनः निर्वाचित हुनुपरेको थियो। त्यसपछि सहकारीको रकम हिनामिना प्रकरणमा उनी कारागारमा छन्। ‘जेन-जी’ आन्दोलनपछि रास्वपामा पनि रूपान्तरण र पुनर्गठनको विषय उठेको थियो।

आफ्नो कुरा सुनुवाइ नभएपछि संस्थापक डा. मुकुल ढकालले पार्टी परित्याग गरेका थिए। ‘जेन-जी’ आन्दोलनपछि मात्रै रास्वपा नेतृ सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी परित्याग गरेका थिए। तर, रास्वपामा अझै पनि केही नेता असन्तुष्ट छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x