शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आज बसन्त पञ्चमी (सरस्वती पूजा) देशैभरी मनाउदै 

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौ / आज बसन्त पञ्चमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

ज्ञान, विद्या र कलाकी देवी सरस्वतीको पूजा गर्ने पर्व बसन्त पञ्चमी मनाउने भएका छन । यस अवसरमा बिधालयहरुमा र विभिन्न सरस्वती मन्दिरहरूमा  धुमधामका साथ बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।

यस्तै, नेपालभरिका सरस्वती मन्दिर र विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि सरस्वती पूजाका कार्यक्रम आयोजना गरिएका छन्।

नेपाली समाजमा सरस्वती पूजा केवल धार्मिक आस्थासँग मात्र सीमित नरही विद्या, ज्ञान र बौद्धिक चेतनासँग जोडिएको सांस्कृतिक परम्पराका रूपमा स्थापित छ।

नेपालभरिका धेरै सरकारी तथा निजी विद्यालय परिसरमा साना–ठूला सरस्वती मन्दिरहरू रहेका छन्, जहाँ विद्यार्थीहरूले कलम, किताब र कापी चढाएर विद्यादेवीको आराधना गर्ने गर्दछन्। धर्म वा विश्वास फरक–फरक भए पनि विद्या र ज्ञानको प्रतीकका रूपमा सरस्वती देवीप्रति श्रद्धा व्यक्त गर्नु नेपाली समाजको साझा संस्कार बनेको जानकारहरू बताउँछन्। बसन्त पञ्चमीलाई नयाँ सिकाइ, अध्ययन र सृजनशीलताको सुरुवात गर्ने दिनका रूपमा समेत लिइन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x