शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उपत्यकामा थारु समुदायले भव्य रूपले जितिया पर्व मनाए

Spread the love

काठमाडौं / “भाषा कला सस्कृति र भेषभुषा थारुहरुको पहिचान संरक्षण सम्बर्द्धन हाम्रो अभियान” भन्ने  मुल नारा सहित थारु महिला समाज उपत्यका समितिद्वारा थारु राष्ट्रिय जितिया पर्ब २०८१ तथा बिबिध सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

राजधानीको राष्ट्रिय नाचघरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा थारु महिला समाजकी अध्यक्ष गिता चौधरी , थारु भाषा सस्कृतिबिद बुद्दसेन चौधरी ,सोयम कन्ट्रक्सनका प्रोपाइटर शत्रुधन  चौधरी ,कल्याणकारी सहकारीका अध्यक्ष  बिरेन्द्र प्रसाद चौधरी, अधिबक्ता  महेश्वर प्रसाद चौधरी  लगायत अन्य थुप्रै ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अब रमाइलो को लागि मात्र जितिया पर्व मनाउने होइन  आफ्ना छोराछोरीहरुलाई राम्रो शिक्षा दिनको लागि समेत जितिया व्रत बस्नुपर्ने बताए।मन्त्री चौधरीले अहिलेका छोराछोरीहरुलाई लगाम लगाउन समेत आमाबुबाहरुलाई आग्रह गरे।त्यस्तै थारु भाषा सस्कृतिबिद बुद्दसेन चौधरीले जितिया पर्व थारुहरुको सस्कृती,मौलिक चाड  रहेको जनाउदै यस पर्बमा बिदा दिनुपर्ने बताए। त्यस्तै थारु महिला समाजकी अध्यक्ष गिता चौधरीले जितिया पर्बको बारेमा स्पष्ट पार्दै काठमाडौंमा थारु महिला समाजले बिगत लामो समयदेखी यो पर्व मनाउदै आएको बताइन् । कार्यक्रममा बोल्ने अधिकाङ्स ब्यक्तित्वहरुले थारु महिलाहरुको सस्कृती,मौलिकता सङ्ग जोडिएको  महान चाड जितियाको शुभकामना दिएका थिए।कार्यक्रमको समापन गर्दै थारु महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीले कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सम्पुर्ण ब्यक्ती,संघ सस्थाहरुलाई धन्यवाद दिएकी थिइन्। कार्यक्रम थारु महिला समाजकी सचिब प्रमिला चौधरीले संचालन गरेकी थिइन् भने उक्त कार्यक्रम थारु महिला समाज उपत्यका समितिका अध्यक्ष सुशीला चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा थारु कलाकारहरुद्वारा विभिन्न सास्कृतिक नृत्य लगायत प्रस्तुत गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x