नाउपाले लियो सुदूरपश्चिम सरकारको समर्थन फिर्ता
बुधबार १४ चैत २०८०
टिकापुर / काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता तथा केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराएका छन ।
पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि तत्काल सरकार ढाल्ने प्रयास नगर्ने उनले बताए । ‘अहिले यो सरकार ढालिहाल्ने हामी पक्षमा छैनौँ’ उनले भने, ‘समर्थन फिर्ता लिने निर्णय गरेका छौ । तर काठमाडौं गएर छलफल गरेपछि मात्रै अगाडि बढ्छौ ।’
WRITE COMMENTS FOR THIS ARTICLE