शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

क्यान्सर पीडित वृद्धका लागि थप उपचारको पहल

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, १५ फागुन – रौतहट–४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले क्यान्सरबाट पीडित एक वृद्ध बिरामीको थप उपचारका लागि पहल गरेका छन्।
चुनावी घरदैलोका क्रममा भेटिएका घाँटीको क्यान्सरबाट पीडित डिल्लीप्रसाद दाहालको उपचार व्यवस्थापनका लागि धमलाले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलसँग समन्वय गरेका हुन्। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलसँग प्रत्यक्ष संवाद गरी दाहालको थप उपचारको प्रवन्ध मिलाइएको जनाइएको छ।
दाहाल हाल किमोथेरापी उपचाररत रहेको बताइएको छ। कार्यकारी निर्देशक डा. पौडेलले विशेष पहलमार्फत उपचार प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइने विश्वास दिलाएका छन्।
धमलाको उक्त पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। निर्वाचन अभियानकै क्रममा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सक्रियता देखाइएको भन्दै समर्थन जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x