देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिहीबार ३१ बैशाख २०८३
काठमाडौं ।नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। साथै, केही स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE