शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी

Spread the love

शुक्रबार १६ जेठ २०८२

काठमाडौं / काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै जेठ १७ देखि असाढ २४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई आन्दोलन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको जनाएका छन्।

निषेधित क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्मका क्षेत्रहरू समावेश छन्।

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेश उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।source dcnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x