संविधान दिवसमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ हुने


सोमबार ३१ भदौ २०८१
काठमाडौं / संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो ।
उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE